६ निर्जिवन बीमा कम्पनीको शेयरमा सर्किट

१५ श्रावण २०७९, आईतवार १३:२०

काठमाडौं । साताको पहिलो दिन शेयबजारमा रौनकता छाएको छ । यो समाचार तयार पार्दासम्मको फ्लोरसिटअनुसार नेप्से परिसूचक ४१ अंकले बढ्न पुगेको छ ।  शेयरबजारमा एकाएक सुधार देखिदा निर्जिबन बीमा सूचक चम्किएको छ । अधिकांश निर्जिबन बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म ६ वटा निर्जिबन बीमा कम्पनीको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा नेपाल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, युनाईटेड इन्स्योरेन्स र नेको इन्स्योरेन्सको शेयरमा सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*