रियलमीको शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि ३१ लन्च

१५ श्रावण २०७९, आईतवार १२:०५

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी सि ३१ लन्च गरेको छ ।

गत बुधवार ११ गते लन्च गरिएको यस स्मार्टफोनमा ५ हजार एमएएचको ब्याट्रि रहेको छ जुन स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्छ । त्यस्तै यसमा १.८ गिगाहर्जको अक्टाकोरUNISOC T612 प्रोसेसर रहेको छ र उत्कृष्ट फोटोग्राफिको लागि १३ एमपिको क्यामरा रहेको छ ।

१७ हजार ७९९ रुपैँयाको आकर्षक मुल्यमा ४ जिबि ¥याम र ६४ जिबि रोम सहित उपलब्ध यो फोन यो मुल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिश गिरीले भने, “यो क्लासकै बेस्ट पर्फर्मिङ स्मार्ट फोनको रुपमा रियलमी सि ३१ को लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन रहेको छ । यति मात्र नभएर यो सेट अत्यन्तै स्टाइलिश छ हुनुको साथै सुपथ मुल्यमा पनि उपलब्ध छ । हामी टप पर्फर्मेन्समा विश्वास गर्छौँ, त्यसैले हाम्रा हरेक स्मार्टफोनहरु कडा क्वालिटि चेक पछि मात्र बजारमा जान्छन् ।

हाम्रा सम्पूर्ण उपभोक्ताहरुको लागि अभुतपुर्व एन्ट्री–लेभल स्मार्टफोन अनुभव प्रदान गर्नको लागि हामी हाम्रो “डेयर टु लिप’ अवधारणामा प्रतिबद्ध छौँ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*