खोटाङमा ६ रेक्टरस्केलको भुकम्प, लगातार थप ३ पटक भुकम्पको धक्का

१५ श्रावण २०७९, आईतवार ०९:०१

काठमाडौं । आज विहानै खोटाङ जिल्लाको साकेला गाउँपालिका क्षेत्रमा केन्द्रबिन्दु बनाएर आज विहान ८ः१३ बजे छ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्पबाट कैयौं घरहरु भत्केको हुनसक्ने अनुमान गरिएको छ । केन्द्रले भुकम्पको केन्द्रबिन्दु खोटाङको मटिम बिर्ता रहेको जनाएको छ ।

दिक्तेलका स्थानीयबासीले लगातार थप तीन पटक भुकम्पको धक्का महसुस गरिएको जनाएका छन् । भुकक्पपछिको परकम्पले लगातार धक्का दिइरहँदा सर्वसाधारणहरु आतंकित बनेका छन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङ्ले भुकम्पले कडा धक्का दिएकोले घरहरु भत्किएको हुनसक्ने जनाउँदै उद्धार टोली तयारी अवस्थामा राखिएको जनाएको छ ।

१० किमी गहिराईमा गएको भुकम्पको धक्का पूर्वका विराटनगरदेखि राजधानी काठमाडौंसम्म महसुस गरिएको थियो । खोटाङका अधिकांश ग्रामिण क्षेत्रका जनता घर बाहिरै रहेको जनाइएको छ ।

भुकम्पको धक्का भारत र चीनसम्म महसुस गरिएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । तीन वटा देश हल्लाउने भकुम्पले नेपालमा पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*