खोटाङमा ५.५ रेक्टरस्केलको शक्तिशाली भुकम्पको धक्का, काठमाडौंसमेत हल्लियो

१५ श्रावण २०७९, आईतवार ०८:३३

काठमाडौं । आज विहानै खोटाङ जिल्लाको धितुङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टरस्केलको भुकम्प गएको छ । भुकम्पको धक्का काठमाडौंसम्म आइपुगेको छ ।

भारतीय भुकम्प मापन केन्द्रका अनुसार आज विहान ८ः१३ मिनेट नेपाली समय अनुसार खोटाङ जिल्लाको राजापानी र धितुङ गाउँपालिकाको सीमानालाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको हो ।

भुकम्पको धक्का भुकम्पको १० किमी गहिराईमा ५.५ रेक्टरस्केलको भएको जनाइएको छ । थप विवरणहरु आउन बाँकी छ ।

 

*यसअघि उदयपुर गर्न गएकोमा संशोधन गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*