नक्कली विवाह गराई श्रीमानको हत्या, बीमा गरेको ३७ दिनमै सवारी दुर्घटना गराई दाबी लिने प्रहरीको हिरासतमा

१३ श्रावण २०७९, शुक्रबार १५:२२

काठमाडौं । नक्कली विवाह गराई श्रीमान्को हत्या गरेको नेपालमा सम्भवत यो नै पहिलो घटना हो । यसअघि श्रीमती र बालबीमाको कारण हत्या हुने प्रवृति नेपालमा भएको पाईन्छ । तर नक्क्ली विवाह गरि योजनावद्ध रुपमा हत्या गराउन एक गिरोहि नै लागेको बीमा क्षेत्रमा यो पहिलो घटना हो । छोटो समयमा बीमा दाबी गर्दा पनि बीमा कम्पनीको अन्डरराईटिङमा किन फितलो देखियो भन्ने प्रश्न बीमा समितिको रहेको छ। नेपाल पुनर्बीमा कम्पनीको आशकाले भने उक्त घटना हुनबाट जोगाएको देखिएको छ।

नेपालमा बीमा कम्पनीहरुको अन्डरराईटिङ कमजोर भएको कारण यस्ता घटनाहरु दिनप्रतिदिन बढ्दै गईरहेको छ। यसै घटना पुन दोहरिएको छ । गिरोहका सदस्यले ठूलो रकमको विवाह गराई हत्या गरी मृत्यु पश्चात बीमा कम्पनीबाट आउने ठूलो रकम बाँडफाँड गर्न नक्कली विवाह गरेको पाइएको छ ।सीआईबीका अनुसार मृतक २१ वर्षीय सर्जन बिक र सपनाबीच विवाहको दिन मात्रै भेट भएको थियो । विवाह दर्ता र बैंकमा खाता खोल्ने समयमा मात्रै उनीहरूबीच भेट भएको प्रहरीले जनाएको छ । गरिब परिवारका सर्जनलाई विवाह गरी अस्ट्रेलिया लैजाने भन्दै सपना मल्लसँग नक्कली विवाह गरिएको थियो । त्यसपछि विवाह गरेको समयपछि उनीहरूबिच भेटघाट नै नभएको प्रहरीले जनाएको छ । २ करोड ५० लाख रुपैयाँको बीमा गरेको ३७ दिनमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको थियो ।

उक्त मृत्युपछि कम्पनीले रकम भुक्तानी गरेको भए पनि उक्त घटना शङ्कास्पद देखिएपछि रिलायन्स लाइफले ले सीआईबीमा अनुसन्धानका लागि पत्र लेखेको थियो । त्यसपछि भएको अनुसन्धानमा सर्जनको सवारी दुर्घटनामा मृत्यु भएको नभई हत्या भएको पाइएको हो ।दुर्घटनाभन्दा अगाडि र पछि पनि चालक टोप बहादुर रानासँग मुख्य योजनाकार सञ्जीव अर्यालको पटकपटक कुराकानी भएको, सपना र सञ्जीवबीच पटकपटक कुराकानी र रकम बाँडफाँड भएको देखिएको, योजनामा सघाउने सबैले रकम लिएको र घटनाबारे आरोपितहरूले कसुर स्वीकार गरेको सीआईबीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*