नेप्सेमा रोक्का रहेको रिलायन्स लाइफको अवैध रुपमा कारोबार, रद्द गर्ने तयारी

१३ श्रावण २०७९, शुक्रबार १३:१२

काठमाडौं । सानिमा लाइफ इन्स्यारेन्स कम्पनीसँग मर्जरको पारम्भिक सम्झौता गरेका रिलायन्स लाइफको अवैध रुपमा कारोबार देखिएको छ। उक्त कारोबार रद्द गर्ने तयारीमा रहेको छ । शेयर कारोबार रोक्का रहेको कम्पनीले आज नेप्सेमा सकारात्मक सर्किट हानेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेर ३६८ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको देखाइएको थियो ।सर्किट हानेसँगै कम्पनीको शेयर फेरि ३३ रुपैयाँ ५० पैसाले घटेर ३३५ रुपैयाँमा अन्तिम कारोबार देखाएर पुन शेयर कारोबार रद्द गरिदिएको छ ।

कम्पनीको फ्लोरसिट हेर्दा ६१० कित्ता सेयर किनबेच हुँदा २ लाख २४ हजार १२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।कम्पनीको सेयर कसरी कारोबार भएको भन्ने अध्ययन भइरहेको र त्यसपछि मात्रै शुक्रबारको कारोबार के हुन्छ भन्ने निर्णय हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् । प्राविधिक त्रुटिका कारणले नै कम्पनीको कारोबार भएको भएपनि कसरी उक्त त्रुटि भयो भन्ने अध्ययन भइरहेको उनले बताए ।

नेप्सेका अर्का एक अधिकारी भने शुक्रबारको उक्त कारोबार रद्द हुने बताउँछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*