जन्मदिनको अवसरमा सिटिजन लाइफको बीमा पोलिसी उपहार

१२ श्रावण २०७९, बिहीबार १०:५४

काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ ।

परिवर्तित समयसँगै पछिल्लो समय जीवन बीमालाई आम जनताको दैनिकीसँग जोड्दै जीवन बीमा पोलीसी उपहारका रुपमा दिने प्रचलन बढ्दै गएको छ । विवाह, ब्रतबन्ध, जन्मदिन, पास्नी, गून्योचोलो, बैवाहिक बर्षगाँठ लगायतका शुभ कार्यमा आफ्ना नजिकका ब्यक्ति तथा इष्टमित्र र साथीभाईलाई जीवन बीमा पोलिसी खरिद गरिदिएर उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ ।

सोही चलनको अनुसरण गर्दै सिटिजनलाइफ इन्स्योरेन्स कम्पनी लि. भैरहवा शाखामा एजेन्सी म्यानेजरको रुपमा कार्यरत धर्म एस.के. र उनकी श्रीमती जबुना एस.के.ले आफ्नो छोराको जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरा रमेश एस.के लाई सिटिजनलाइफ इन्स्योरेन्सकम्पनीको सिटिजन जीबन सारथी बीमा योजना अन्तरगत २० लाखको बीमा पोलिसी उपहार स्वरुप दिएका हुन् ।

बीमा पोलिसी हस्तान्तरण गर्दै उनले बीमा गर्दा आर्थिक बचत हुने र नोक्सानी भएको हकमा क्षतिपूर्तिको सुनिश्चिता भएको हुदाँ जीवन बीमा अतिआवश्यक रहेको बताए । जीबन बीमा गर्ने योजना पहिले नै बनाएको र बिशेष दिनमा उपहार स्वरुप दिदाँ आकर्षक उपहार हुने र अन्यलाई समेत उत्प्रेरणा मिल्ने हुदाँ सो उपहार दिएको उनले बताए ।

अन्य उपहार खरिद गर्दा खर्चहुने रकम बीमामा भुक्तानी गर्दा भविष्यको लागी उपायोगी बचत हुने उनले बताए । सो पोलिसी हस्तान्तरण कार्यक्रममा कम्पनीका भैरहवाका क्षेत्रीय प्रमुख नरेश सिग्देलको उपस्थिती रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*