नेशनल लाइफ इन्स्योरेन्सले संस्थापक समूहको शेयर बिक्री गर्ने

१२ श्रावण २०७९, बिहीबार १०:१५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम नेशनल लाइफ इन्स्योरेन्सले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

कम्पनीले संस्थापक शेयरधनी आरधना मल्लको नाममा रहेको ५० हजार शेयर बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले के कति कित्ता लिने हो सम्पूर्ण विवरण खुलाई ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट २, मा बोलपत्र पेश गर्न सक्नेछन् ।

साथै तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कोही ब्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*