एसईईको नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी

११ श्रावण २०७९, बुधबार १२:४७

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा आज दिउँसो ३ बजे सार्वजनिक हुने भएको हो ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नजिता सार्वजनिक भएपनि यस वर्ष भने बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा संचालन गरेको थियो ।

दुई हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका ५ लाख १५ हजार ९७७ जना परीक्षार्थीले एसईई परीक्षा दिएका थिए ।
साथै बोर्डले यसपटक एसईईमा लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू नगर्ने समेत निर्णय गरेको छ । उक्त निर्देशिका लागू नगर्दा अब ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीलाई समेत प्रमाणपत्र दिइनेछ ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीको नतिजामा नन ग्रेडेड लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था बोर्डले खारेज गरेको हो । बोर्डका अनुसार कोभिड–१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाई प्रणाली पनि प्रभावकारी नभएकोले लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू गर्दा धेरै विद्यार्थी फेल हुने देखिएपछि नन ग्रेडेड व्यवस्था लागू गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*