सिंहदरवारका सिसी क्यामेराको क्षमता १३ दिनसम्म मात्रै, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा सिसीटिभी प्रकरणमा निर्दोष सावित !

१० श्रावण २०७९, मंगलवार १९:०७

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा सिसी टिभी फुटेज प्रकरणमा निर्दोष देखिन लगभग निश्चित जस्तै देखिएको छ । गृहमन्त्रालयले सिंहदरवारभित्रका सबै सिसी क्यामेराहरुको रेडर्क १३ दिनदेखि १६ दिनसम्म मात्रै रहने गरेको भन्दै पत्राचार गरेपछि अर्थमन्त्रालयले सिसी क्यामेराको फुटेज डिलिट गरेको भन्ने आरोप झुठा सावित भएको छ ।

गृहमन्त्रालय स्रोतका अनुसार सिंहदरवारभित्र सिसी क्यामेराको संख्या धेरै र क्यामेरा अनुसारको हार्डडिस्कको क्षमता थोरै भएकोले १३ दिनदेखि १६ दिनसम्म मात्रै रेडर्क रहने गरेको तथ्य गृह मन्त्रालयको पत्रले उजागर गरेको छ । यस्तो तथ्यसँगै अर्थमन्त्री जनार्दन शर्मामाथि लगाइएको सिसी क्यामेराको रेडर्क डिलिट गर्न लगाएको भन्ने आरोप झुठा सावित भएको हो ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले सिसी क्यामेरा डिलिट गर्न लगाएको भन्ने आरोपहरु झुठा सावित भएसँगै अब बजेट बनाउने दिनमा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति छिरेको भन्ने आरोप समेत प्रमाणित गर्न कठिन भएको छ ।

जनार्दन शर्मामाथि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत जेठ १५ गते बजेट बनाउन अनाधिकृत व्यक्ति राखेर करको दर हेरफेर गरिएको भन्ने आरोप लगाउँदै राजिनामा मागिएको थियो । एमालेको यस्तो आरोपसँगै सभामुख अग्नि प्रसाद सापकोटाले छानविन गर्न विशेष समिति बनाएको थियो । विशेष समितिलाई काम गर्न सजिलो बनाउन भन्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिएका थिए । हाल अर्थमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हाल्दै आएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*