ज्योति लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक

१० श्रावण २०७९, मंगलवार १०:३३

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लागि नयाँ बोनसदर प्रकाशित गरेको हो ।

बीमा समितिबाट गत साउन ६ गते स्वीकृत भएबमोजिम ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको हो । उक्त बोनसदर अनुसार कम्पनीले प्रतिहजार न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । ज्योति लाइफले विभिन्न चारवटा बीमालेख योजनाअन्तर्गत बीमितहरुलाई बीमालेख अवधिअनुसार बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावधिक बीमालेख अन्तर्गत न्युनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्षका लागि प्रतिहजार ४३ रुपैयाँ, १० देखि १४ वर्षका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ ।

त्यस्तै, सावधिक तथा आजीवन बीमालेख अन्तर्गत न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।जसअन्तर्गत ९ वर्ष अवधिका लागि ४३ रुपैयाँ १० देखि १४ वर्षसम्मका लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, ज्योति लाइफले अग्रिम भुक्तानी बीमालेख अन्तर्गत न्यूतम ४३ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत १० वर्षदेखि १४ वर्षसम्मका लागि ४३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५० रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ निर्धारण गरेको छ ।

साथै ज्योति ईजी पे जीवन बीमाअन्तर्गत बीमितहरुले न्यूतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत बीमितहरुले १० वर्षदेखि १४ वर्षसम्मका लागि २० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि २५ रुपैयाँ पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*