विहानै काठमाडौंमा भुकम्पको धक्का, सिन्धुपाल्चोकमा गयो भुकम्प

९ श्रावण २०७९, सोमबार ०६:३१

काठमाडौं । आज विहानै काठमाडौं उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज विहान ६ः०७ बजे केन्द्रबिन्दु भएर सिन्धुपाल्चोक जिल्लाको हेलम्बु नजिकै इचोक केन्द्र बिन्दु भएर ४.७ रेक्टर स्केलको भुकम्प गएको हो ।

विहानै भुकम्पले धक्का दिएपछि कतिपय घर बाहिर निस्किएका छन् । भुकम्पले सिन्धुपाल्चोक क्षेत्रका जनतालाई पुनः आतंकित पारेको छ ।
भुकम्प प्राकृतिक जोखिम हो । जसलाई बीमा गरेर जोखिम हस्तान्तरण गर्न सकिन्छ ।

स्रोतः राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्र

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*