युनियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी

८ श्रावण २०७९, आईतवार १३:१५

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको मंगलसेन शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले मंगलसेन नगरपालिका वडा नं. १४ कालागाउँका मृतक बीमित लक्ष्मण सोडारीको हकवाला श्रीमति सीता सोडारीलाई चेक हस्तान्तरण गरेको हो ।

मंगलसेन शाखाका प्रमुख पंकज बहादुर साउदले एक कार्यक्रमकाबीच बीमितको परिवारलाई २ लाख ३२ हजार ३१२ रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा शाखा प्रमुख साउदसहित ब्यापक स्टाफ टंक बोहरा, एजेन्सी म्यानेजर रञ्जना कुमारी रावल सोडारी लगायतको सहभागिता रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*