सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जर वा पुँजी बृद्धिको अख्तियारी संचालकलाई

६ श्रावण २०७९, शुक्रबार १७:५१

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा आज कम्पनीका अध्यक्ष प्रदिप जंग पाण्डेको अध्यक्षतामा होटल हिमालय, कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।

उक्त सभाले नियमक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत पुँजी, जारी पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साथै अन्य कुनै जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियारी प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धि सम्पूर्ण अख्तियार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

यसबाहेक कम्पनीको पुँजी एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सो संशोधनमा नियामक नियकाबाट सुझाव तथा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*