बैंकबाट प्रवाह भएका कूल कर्जा देश कूल ग्राहस्थ उत्पादन हाराहारी पुग्यो, राष्ट्र बैंकले नयाँ कर्जामा कडाई गर्ने

६ श्रावण २०७९, शुक्रबार १७:०१

काठमाडौं । मौद्रिक नीतिसँग बैंकहरुमार्फत कर्जा खुकुलो होला कर्जा लिउला भनेर बसेकाहरुलाई निराश पार्दै राष्ट्र बैंकले नयाँ ऋणीहरुका लागि राष्ट्र बैंकले स्तब्ध हुने घोषणा गरेको छ ।

चालु आवको मौद्रिक नीति घोषणा गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भने, ‘कर्जाको आकार कूल ग्राहस्थ उत्पादनकै हाराहारीमा पुगिसकेको छ । कर्जाको बृद्धिलाई कूल ग्राहस्थ उत्पादनकै हाराहारीमा राख्न ब्याजदर करिडोर तयार गर्ने र कर्जालाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराई उत्पादन बृद्धि गराउनेतर्फ मौद्रिक नीति परिलक्षित छ ।’

केन्द्रीय बैंकको यस्तो घोषणासँगै अब नयाँ ऋण धेरै कठिन देखिएको छ भने यसअघि प्रवाह भएका कर्जाहरुको बैंकहमार्फत कडा नियमन गर्ने संकेत देखाएको छ । विगतमा झै अब एउटा नाममा कर्जा लिएर घरजग्गा तथा शेयर बजारमा लगानी गर्ने सम्भावना लगभग अन्त्य भएको देखिएको छ ।

केन्द्रीय बैंकले आज गरेको खुलासा डरलाग्दो अवस्थाको चित्रण गरेको छ । बैंकहरुबाट प्रवाह भएको कर्जा कूल ग्राहस्थ उत्पादन हाराहारी पुगिसकेको र आगामी दिनमा कर्जा र कूल ग्राहस्थ उत्पादनको अनुपात मिलाइने घोषणाले नयाँ ऋण फलामको च्यूरा सरह हुने संकेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*