मर्जरबारे छलफल गर्न ज्योति लाइफ इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, शेयर संरचना परिवर्तन गर्ने

६ श्रावण २०७९, शुक्रबार १०:५७

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरलाई अन्तिम रुप दिन विशेष साधाररण सभा आह्वान गरेको छ ।

कम्पनीको साउन ५ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा साउन २४ गते मंगलबार वाटरफल रिर्सोट लेकसाइड पोखरामा बस्ने निर्णय भएको छ ।

उक्त सभाले ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने, गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौतापत्र (एमओयू) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गर्नेछ ।

साथै कम्पनीको सम्पत्ती तथा दायित्वको मूल्यांकन गर्न परामर्शदाता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मूल्यांकन कार्य (डिडिए) गर्नका लागि संचालक समितिबाट मूल्यांकनकता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै, कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परितर्वन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशत अनुपात कायम गर्ने सभाको एजेण्डा रहेको छ ।

 

6th saun jyoti life

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*