९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका सामाग्री पाइने बिग डिजिटलको शुभारम्भ

५ श्रावण २०७९, बिहीबार १७:५८

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको शुभारम्भ भएको छ । नायिका तथा यस स्टोरकी ब्राण्ड एम्बेसडर स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा रहेको ग्वार्को कम्प्लेक्समा अवस्थित उक्त स्टोरको उद्घाटन गरेकी हुन् ।

उक्त समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कदै निरन्तर प्रगतिको शिखरहरु आरोहण गदै जाओस् भन्ने शुभकामना समेत ब्यक्त गरिन् ।

त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरु सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको बताए ।

‘नेपाली ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षालाई परिपूर्ति गर्दै बिग डिजिटलले नेपालको सपिङ्ग क्षेत्रमा नै नँया मापदण्ड सिर्जना गर्नेमा हामी विश्वस्त छौं ।’ उनले भने ।

यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन् ।

ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन । त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि स् शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन् ।

बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नँया ठाउँहरुमा आफ्नो स्टोरहरु विस्तार गर्ने अल्पकालिन योजना छ । देशका सातै वटा प्रदेशहरुमा नँया स्टोरहरुको स्थापना गर्ने बिग डिजिटलले दिर्घकालिन उद्देश्य लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*