मर्जर प्रस्तावसहित सिटिजन लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा भोलि बस्दै

५ श्रावण २०७९, बिहीबार १२:५३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको मर्जर प्रस्तावसहित विशेष साधारण सभा भोलि (साउन ६ गते) बस्दैछ ।

कम्पनीको गत असार १३ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा होटल हिमालय, कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे बस्नेछ ।

उक्त सभाले नियमक निकाय बीमा समितिले तोकेबमोजिम कम्पनीको अधिकृत पुँजी, जारी पुँजी बृद्धि गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै अन्य कुनै जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धित सम्पूर्ण आवश्यक कार्य एवं प्रक्रियाहरु पुरा गरी अख्तियारी प्राप्त निकायबाट अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धि सम्पूर्ण अख्तियार संचालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ ।

यसबाहेक कम्पनीको पुँजी एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सो संशोधनमा नियामक नियकाबाट सुझाव तथा निर्देशन भएमा सोलाई समावेश गर्नको लागि संचालक समितिर्र्ला अख्तियार प्रदान गर्ने समेत सभाको मुख्य एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*