जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्ब ३९ अर्बमाथि, कुनले कति कमाए ?

४ श्रावण २०७९, बुधबार १२:०४

काठमाडौं । जीवन बीमा कम्पनीहरुले २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४.८७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष बीमा शुल्क बापत कम्पनीहरूले १ खर्ब २१ अर्ब रुपैयाँ शुल्क आम्दानी गरेका थिए।

गत आर्थिक बर्षम सबैभन्दा बढी नेपाल लाइफले ३५ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको हो। दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ बीचमा शुल्क उठाएको हो।
नेशनल लाइफले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ, युनियन लाइफले ८ अर्ब ९ करोड रुपैयाँ, एशियन लाइफले ७ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेका हुन्। सिटिजन लाइफले ५ अर्ब ४० करोड बीमा शुल्क आर्जन गरेका हो।

मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ तीन अर्ब ९४ करोड, ज्योति लाइफ तीन अर्ब ८० करोड, आइएमई लाइफ तीन अर्ब ५३ करोड रुपैयाँ बीचमा शुल्क बापत आम्दानी गरेका हुन्।

त्यस्तै, सन नेपाल लाइफले तीन अर्ब ३६ करोड, रिलायन्स लाइफ तीन अर्ब १२ करोड, गुराँस लाइफ तीन अर्ब ८ करोड, प्रभु लाइफ दुई अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*