जन्मदिनमा मिसेल कुँवरले पाइन् रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

३ श्रावण २०७९, मंगलवार १८:३९

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । आफ्ना नजिकका ब्यक्ति, आफन्त तथा साथीभाइलाई जन्मदिन, पास्नी, बिबाह उत्सव र बिबाहमा बीमा पोलिसी खरिद गरी उपहार दिने नयाँ ‘ट्रेन्ड’ नै चलेको छ ।

यसैबीच भरतपुर–१ चितवनमा लेसा कुँवरले आफ्नी छोरी मिसेल कुँवरलाई जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले आफ्नी छोरीलाई रिलायबल नेपाल लाइफको ‘रिलायबल बाल सुलभ जीवन बीमा प्लस’ खरिद गरिदिएकी हुन् ।

जन्मदिनको अवसरमा भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएको कारण उनले छोरीलाई १५ लाखको बीमा पोलिसी उपहार दिएकी बताइन् ।
रिलायबल लाइफका चिफ एजेन्सी मेनेजर मनोज चौलागाईंसमक्ष लेसाले उक्त बीमा पोलिसी खरिद गरिदिएकी हुन् ।

एक कार्यक्रमकाबीच रिलायबल नेपाल लाइफ हाकिमचोक शाखामा लेसा कुँवरले सो बीमा खरिद गरेकी हुन् । उक्त कार्यक्रममा हाकिमचोक शाखाका मार्केटिङ प्रमुख सुरेन्द्र गिरीको समेत उपस्थिति रहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*