प्राइम लाइफ इन्स्योरेन्सबाट बिदा भए सिइओ मनोज भट्टराई

३ श्रावण २०७९, मंगलवार १४:२८

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार भट्टराईले अवकाश लिएका छन् । आठ वर्षसम्म प्राइम लाइफ व्यवस्थापनको नेतृत्व गरेका भट्टराई कम्पनीबाट बिदाई भएका हुन् ।

दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाड्नु परेको हो । भट्टराईको दोस्रो कार्यकाल गत असार मसान्तसम्म थियो ।

कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) चिरायु भण्डारी पनि बिदा भएका छन् । भण्डारीको दुई वर्षे करार अवधि सकिएकाले बिदा भएका हुन् ।

कम्पनीका कर्मचारीले सोमबार एक कार्यक्रम गरी दुवैजनालाई बिदाइ गरेका छन् । भट्टराईलाई कर्मचारीहरु कुशल रणनीतिकार, प्रेरणादायी व्यक्तित्व तथा प्रभावशाली संगठक मान्छन् । उनको नेतृत्वमा कम्पनीले सफलताको नयाँ उचाइ छोएको कर्मचारीहरुको भनाइ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*