एसवाई प्यानलले साउन ६ देखि टिकटक प्रतियोगिता गर्दै, बिजेताले डेढ लाख पुरस्कार पाउने

३ श्रावण २०७९, मंगलवार १३:५५

काठमाडौं । कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक यहि साउन ६ गतेदेखि टिकटक प्रतियोगिता गर्ने भएको छ ।

एसवाई प्यानलका अुनसार प्रतियोगितामा भाग लिने प्रतियोगिले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनुपर्नेछ । इच्छुक प्रतियोगिले साउन ६ गतेदेखि भदौ ६ गते (एक महिना) भित्र भिडियो बनाउनुपर्ने कम्पनीले जनाएको छ ।

पहिलो बिजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो बिजेता (दुई जना)ले प्रतिब्यक्ती एक लाख रुपैयाँ नगद पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना)ले प्रतिब्यक्ती ७५ हजार रुपैयाँ र चौथो (चार जना)ले प्रतिब्यक्ती ४० हजार र पाचौं (पाँच जना)ले प्रतिब्यक्ती ३० हजार रुपैयाँका दरले पुरस्कार स्वरुप नगद पाउने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मस्ट भिउज, मस्ट शेयर, मस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ ।

एसवाई प्यानलका अनुसार भदौं १० गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्ने कम्पनीले नियम बनाएको छ । टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्यासट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्नेछ ।

एसवाई नेपालका अनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर भने बिजेताहरु स्वयंले ब्यहोर्नु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*