एशियन लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

३ श्रावण २०७९, मंगलवार ११:५३

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ का लागि बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको हो ।

उक्त नयाँ बोनसदरअनुसार बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

इन्स्योरेन्सले विभिन्न ५ बीमालेखमा छुट्टाछुट्टै अवधिका लागि बोनसदर निर्धारण गरेको छ । जसमा एशियन लाइफले सावधिक तथा आजीवन बीमालेखमा न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

सो बीमालेखअन्तगर्त बीमितहरुले १४ वर्षसम्मका लागि ५० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ६० रुपैयाँ र २५ देखि माथिका लागि ७५ रुपैयाँ बोनस पाउने भएका छन् ।

त्यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेखअन्तर्गत बीमितहरुले न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् । जसमा १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५३ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमालेखअन्तर्गत न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा बीमितहरुले १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५३ रुपैयाँ र २५ वर्षदेखि माथिका लागि ६० रुपैयाँ बोनस पाउने भएका छन् ।

यसका साथै कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १० वर्षका लागि ५० रुपैयाँ, १२ वर्षका लागि ५०, १५ वर्षका लागि ५५, १८ वर्षका लागि ६०, २० वर्षका लागि ६५ र २५ वर्षका लागि ७० रुपैयाँसम्म बोनस उपलब्ध गराउने भएको छ ।

साथै नवरत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ अन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरिएको छ । बीमितहरुले सो बीमालेखअन्तर्गत १४ वर्षका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५० रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनस पाउने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*