नेपाल लाइफको सिईओमा पराजुलीलाई नियुक्तीको फाइल बीमा समितिमा, छिट्टै सदर हुँदै

३ श्रावण २०७९, मंगलवार ११:१५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा छ महिना अघि डेपुटी सिईओको रुपमा प्रवेश गरेका प्रविणरमण पराजुली अब छिट्टै सिईओ बन्दैछन् । उनलाई नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सिईओ पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ । बीमा समितिले नेपाल लाइफमा नयाँ सिईओ नियुक्ती सम्बन्धी फाइल सदरको लागि आएको र कानुन बमोजिम छिट्टै प्रक्रिया पूरा हुने जनाएको छ ।

पराजुलीलाई सिईओमा नियुक्ती गर्ने सञ्चालक समितिको निर्णयसहितको फाइल सिफारिसको लागि बीमा समितिमा पुगिसकेको छ । समितिका अनुसार नेपाल लाईफमा सिईओ नियुक्ती सम्बन्धी फाइल आइसकेको र छिट्टै प्रक्रिया पुरा गरेर अनुमति दिने तयारी भइरहेको छ ।

यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा चार वर्ष सिईओकै रुपमा काम गरिसकेको तथा बीमा समितिका निर्देशनहरु समेत अटेर गरेको रेकर्ड नभएकोले उनलाई सिईओ नियुक्ती सम्बन्धी फाइल छिट्टै सदर हुने विश्वास लिइएको छ ।

हाल डेपुटी सिईओको रुपमा कार्यरत पराजुलीले यसै साताबाट सिईओको रुपमा कार्यभार सम्हाल्ने छन् । सञ्चालक समितिले बीमा समितिबाट स्वीकृति भएकै दिनबाट सिईओको रुपमा कार्य गर्न पाउने गरी नियुक्ती दिएकोले सोही मितिबाट सिईओको रुपमा पदभार ग्रहण गर्नेछन् । देशकै सबैभन्दा ठूलो बीमा कम्पनीमा पराजुली आगामी चार वर्षका लागि सिईओ बन्न लागेका हुन् ।

पराजुलीले नेपाल लाइफमा थप व्यवसाय विस्तार, पुरानो बिरासत जोगाउने मुख्य चुनौतिको सामना गर्दै नेपाली जीवन बीमा क्षेत्रकै अग्रणी कम्पनीमा नेतृत्वदावी भुमिका निर्वाह गरेर बीमाको दायरा बृद्धि, आम सर्वसाधारणमा बीमाको पहुँच बृद्धि तथा राष्ट्रको ब्याकबोनको रुपमा जीवन बीमा क्षेत्रलाई स्थापित गर्ने जिम्मेवारीसहितको गह्रौं भारी बोक्दैछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*