सगरमाथा इन्स्योरेन्स २७ औ बर्षमा प्रवेश, छिटो छरिटो सुविधा दिने कम्पनीको प्रतिवद्धता

२ श्रावण २०७९, सोमबार १५:३५

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २६ औ बर्ष पूरा गरि २७ औ बर्षमा प्रवेश गरेको छ। निर्जिवन बीमा क्षेत्रमा सर्वाधिक बीमा व्यवसाय गर्ने कम्पनीको रुपमा परिचित कम्पनीले बीमित र लगानीकर्ताहरुका मन जित्दै आईरहेको छ। काठमाडौं थापाथली कार्यालय स्थापना गरी करिव १० जना कर्मचारीबाट कारोबार संचालन गरेको कम्पनीले हाल अलिे आफ्नै सुविधा सम्पन्न भवन सहित देशका सातै वटा प्रदेशका ८६ वटा शाखा कार्यालयका ४ सय ३७ कर्मचारी मार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

सातै प्रदेशमा ८६ शाखाबाट बीमितलाई सेवा दिँदै आईरहेको कम्पनीले आगामी दिन गुणस्तर सेवा दिँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । यस सुखद अवसरमा साथ दिने बीमित, सेवाग्राही, लगानीकर्ता र शेयरधनीहरुलाई कम्पनीले कृतज्ञता व्यक्त गरेको छ। २६ औ बर्षमा प्रवेश गर्दै गर्दा कम्पनीले बीमा समितिले तोकेको पुँजि पुराउन यसै बर्ष लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जरको पारम्भिक सम्झौता समेत गरेको छ।

कम्पनीका सिईओ चंकि क्षेत्रीले प्रिमियम संकलनमा मात्रै नभई बीमा दाबीमा सगरमाथा छिटो छरिटो रहेको बताए ।उनले यस बर्ष मात्रै १ अर्ब ८४ करोड रुपैयाँ बराबरको बीमा दाबी तिरेको बताए ।बीमा गराएरमा मात्रै हैन, बीमा दाबी दिएर निरन्तर रुपमा बीमितहरुको विश्वास जित्दै अघि बढ्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

बीमा समितिले दाबी भुक्तानी मनाउदै गर्दा कम्पनीले यस बर्ष १ अर्ब ८४ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीले २ लाख ४७ हजार बीमलेख जारी गरेर असार मसान्तसम्ममा ३ अर्ब १० करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको छ।

कम्पनीले आफ्नो स्थापनाको २६ औं वर्ष पुरा गरी २७ औं वर्षमा प्रवेश गर्दै गर्दा ग्राहकहरुमा पुर्याउनुपर्ने सेवा तथा सुविधामा कुनै प्रकारको कमी कमजोरी हुन नदिने प्रतिवद्धताका साथ नेपालमा नै पहिलो पटक संचालनमा ल्याएको भिआइपी अनद स्पोर्ट कार्यक्रमलाई सशक्त रुपमा नेपालभर लागु गर्ने संकल्प गरेको छ । त्यस्तै, कृषी बाली तथा पशुपन्छी र लघु बीमा समेतलाई प्रथामिकतामा राखी कम्पनीबाट उपलब्ध हुने बीमालेखलाई डिजिटलाइट गर्दै डिजिटल युगमा प्रवेश गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*