युनियन लाइफ इन्स्योरेन्सद्धारा एक करोड रुपैयाँ बीमा दाबी भुक्तानी

२ श्रावण २०७९, सोमबार ११:३४

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पाँचखाल शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

पाँचखाल शाखाले शाखामा बीमा गरेका चन्द्रलाल मास्केको परिवारलाई १ करोड २ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले साउन १ गते एक कार्यक्रमका बीच मृतकको काका र भाई सहितको उपस्थितिमा उनको श्रीमतीलाई चेक हस्तान्तरण गरेको हो ।

२६ वर्षका मृतक चन्द्रलाल मास्के २०७८ चैत्र २५ गते मोटरसाईकल दुर्घटनामा परेका थिए र अस्पताल लाँदै गर्दा उनको मृत्यु भएको थियो । मृतकले २०७७ साल भदौ २२ गते युनियन लाईफ इन्स्योरेन्स पाँचखाल शाखाबाट ५० लाख रुपैयाँको वार्षिक अग्रिम भुक्तानी पोलिसि लिएका थिए ।

जस बापत उनले पहिलो वर्ष ३ लाख ५४ हजार ४०० रुपैयाँ र दोस्रो वर्ष १ लाख ४ हजार ४०० रुपैयाँ गरी जम्मा ४ लाख ५८ हजार ८०० रुपैयाँ किस्ता बुझाएका थिए । दुर्घटनाबाट मृत्यु भएकाले दुर्घटना मृत्यु बापतको सुविधा रकम, विमांक रकम र बोनस रकम सहित १ करोड २ लाख ८० हजार रुपैयाँ उनको परिवारले क्षतिपुर्ति बापत प्राप्त गरेको छ भने यो भुक्तानी यस क्षेत्रकै सबैभन्दा ठूलो दावि भुक्तानी रहेको छ ।

कम्पनीले एक कार्यक्रम बीच कम्पनीका तर्पmबाट ३ नं. प्रदेशका क्षेत्रिय इन्चार्ज दोर्जे लामाको हातबाट चेक हस्तान्तरण गरेको छ भने उक्त कार्यक्रममा सिनियर एजेन्सि म्यानेजर एवम् एमडिआरटि निरन्जन अधिकारी, सिओटि अष्ट बहादुर श्रेष्ठ, एमडिआरटि नवराज बोलखे, एजेन्सि म्यानेजर विनोद बोलखे, श्याम सापकोटा, अस्मिता श्रेष्ठ र पाँचखाल शाखा प्रमुख सञ्जिव अधिकारीको उपस्थिति थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*