ज्योति लाइफसँगको मर्जरलाई अन्तिम रुप दिन सूर्या लाइफले डाक्यो विशेष साधारण सभा

२ श्रावण २०७९, सोमबार १०:०७

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स लिमिटेडले मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिन विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको बैठकले सभा साउन १९ बस्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे बस्ने बस्नेछ ।

उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स र ज्याति लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सो विषयमा सञ्चालक समितिले गरेको निर्णय अनुमोदन गर्ने, गाभ्ने÷गाभिनेसम्बन्धमा अन्य आवश्यक कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

मर्जर प्रयोजनार्थ इन्स्योरेन्सको शेयर दोस्रो बजारमा असार १३ गतेदेखि रोक्का रहेको छ । यस अनुसार असार १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*