हिमालयन र एभरेष्ट इन्स्योरेन्सको औपचारिक एकीकृत कारोबारका केही तस्बिरहरु (फोटो फिचर)
१ श्रावण २०७९, आईतवार १६:०२
काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनीबीच एकआपसमा मर्जर भएपछि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा एक औपचारिक कार्यक्रम आयोजना गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सले नयाँ लोगो सार्वजनिक गर्दै एकीकृत कारोबार शुभारम्भ गरेका हुन् ।
नियमक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले दिप प्रज्वलन गरी उद्घाटन गरेका हुन् ।
(फोटो फिचर)