ङादी ग्रुप पावरले साउन १८ देखि एक करोड कित्ता हकप्रद निष्काशन गर्ने

१ श्रावण २०७९, आईतवार १४:३०

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले यही साउन १८ गतेदेखि हकप्रद जारी गर्ने भएको छ । कम्पनीले असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुका लागि हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीले १ शेयर बराबर नयाँ १.५ (१ः१.५)को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद जारी गर्न लागेको हो ।

उक्त हकप्रदमा साउन १८ गतेदेखि भदौं ७ गतेसम्म सम्बन्धित शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

कायम शेयरधनीहरुले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं र सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु, विराटनगर, विरगंज, पोखरा बुटवल, नेपालगंज, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित मेरो शेयर वेबसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*