भारत भ्रमणमा रहेका प्रचण्ड र आरजुद्धारा राष्ट्रघाती सहमति, चुच्चे नक्सा खारेज गर्ने प्रतिबद्धता !

३२ असार २०७९, शनिबार २३:३५

काठमाडौं । यतिबेला भारत भ्रमणमा रहेका माओवादीका अध्यक्ष प्रचण्ड तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी आरजु देउवाले संयुक्त रुपमा भारत समक्ष राष्ट्रघाती सहमतिमा हस्ताक्षर गरेपछि सामाजिक सञ्जालमा चर्को रुपमा विरोध भइरहेको छ ।

प्रधानमन्त्री पत्नी आरजु र प्रचण्डले भारतसामू चुच्चे नक्सा सच्याएर पुरानै नक्सा पास गर्ने सहमति जनाएका छन् भने हाल संसदमा पेश भएको नागरिकता सम्बन्धी विधेयक जतिसक्दो छिटो पारित गरेर अंगिकृतलार्ई नागरिकता वितरण थप सहज बनाउने प्रतिबद्धता गरेर राष्ट्रघात गरेका हुन् । यद्यपि सामाजिक सञ्जालमा फैलिएको उक्त सम्झौता पत्रमा दुवै जनाको हस्ताक्षर भने छैन ।

ट्वीटरमा सार्वजनिक भएको लिखित दस्तावेज अनुसार पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले यसअघि केपी ओली नेतृत्वको सरकारको पालामा संसदबाट पारित भएको चुच्चे नक्सा खारेज गर्ने प्रतिबद्धता जनाइएको छ । सो प्रतिबद्धता पूरा गर्नको लागि कांग्रेस माओवादी गठबन्धन बनाएर चुनाव लड्ने उल्लेख छ ।

प्रमाणित नभएको तर सामाजिक सञ्जालमा व्यापक प्रचार प्रसार भइरहेको उक्त सहमति पत्रमा पाँच वटा बुँदा राखिएको छ । जसको पहिलो नम्वरमा लिपु लेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले पारित गरेको चुच्चे नक्सा अविलम्व सच्याउन राजनीतिक, संवैधानिक तथा प्रशासनिक पहल गर्ने उल्लेख छ ।

त्यसो त चर्चा गर्नेहरुले यसअघिको केपी ओली नेतृत्वको सरकारले यही चुच्चे नक्सा जारी गरेकै कारण भारतीय डिजाइनमा ओली सरकार ढालेकोा आरोप लगाइएको थियो । आजै मात्र पनि जनता समाजवादी पार्र्र्टीका नेता उपेन्द्र यादवले विदेशीको इसारामा केपी ओलीको सरकार ढालिएको आरोप लगाएका छन् ।

आज भएको भनिएको कांग्रेस नेतृ र माओवादी अध्यक्षबीचको यो सम्झौतालाई पुष्टि गर्ने समाचार यसअघि बीमापोष्टले गत जेठमा प्रकाशित गरिसकेको थियो । २०७९ बैशाख ४ मा चितवनस्थित बिप्लव सम्बद्ध नेकपाका नेता गुणराज लोहनीको घरमा माओवादी अध्यक्ष प्रचण्डसँग भारतीय सेनाका उप प्रमुख, रअका उपप्रमुख तथा भारतीय प्रधानमन्त्री अजित डोभलका विशेष दूतले भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा भारतीय पक्षले माओवादी अध्यक्ष प्रचण्डसँग यही चुच्चे नक्सा सच्याउन तयार भएमा उनी छोरी रेनु दाहाललाई सजिलै जिताईदिने तथा कांग्रेसका विद्रोही उम्मेदवारलाई फिर्ता लिन लगाउने प्रस्ताव राखिएको थियो ।

त्यतिबेला नमानेका प्रचण्डले अहिले भारत भ्रमणको क्रममा उक्त सम्झौता स्वीकार गरेर राष्ट्रघात गर्न तयार भएको आशंका गरिएको छ । लिखत दस्तावेजमा हस्ताक्षर नभएकोले प्रचण्डले हस्ताक्षर गर्न नमानेको पनि हुनसक्नेछ । सो कुरा प्रचण्डले नेपाल फर्केपछि नै जवाफ दिनेछन् ।

उक्त सहमतिको दोस्रो बुँदामा चुच्चे नक्सा सच्याउन दुई तिहाई मत आवश्यक भएकोले आगामी निर्वाचनमा कांग्रेस–मिलेर गठबन्धन गर्ने सहमति जनाइएको छ । त्यस्तै बुँदा नं ३ मा हाल संसदमा पेश गरिएको नागरिकता सम्बन्धी बिधेयकलार्ई अविलम्व पारित गरि अंगिकृत नागरिकलाई अन्य नागरिक सरह अधिकार दिने कुरा उल्लेख छ ।

त्यस्तै चौथो नम्वर बुँदामा निर्वाचनपछि बन्ने सरकार प्र्रचण्ड र आरजु राणा आलोपालो प्रधानमन्त्री बन्ने उल्लेख छ ।

 

भारतीय उच्च अधिकारीले चितवनमा भेटवार्ता चुच्चे नक्साबारे गत जेठ ११ गते बीमापोष्टमा प्रकाशित समाचार पढौं ।

भरतपुर महानगरपालिकामा रेनु दाहालको बिजयी हुँदा भारतीय षडयन्त्र चकनाचुर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*