प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर, प्रभु इन्स्योरेन्सको नामबाट कारोबार हुने

३२ असार २०७९, शनिबार २१:१४

काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच मर्जर सम्झौातामा आज हस्ताक्षर भएको हो । मर्जरपश्चात् कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै हुने छ । त्यस्तै, प्रमुख कार्यकारी अधिकृतमा प्रभु इन्स्योरेन्सका सञ्चित बज्राचार्य छन् भने अध्यक्षमा अजोडका अजाद श्रेष्ठ हुने सहमती भएको छ ।

प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जाने सहमती भएको छ । हाल प्रभु इन्स्योन्स कम्पनीको चुक्ता पुँजि २ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ रहेको छ । १०० बराबर ७० को रेसियोमा मर्जर भए दुई कम्पनीको चुक्ता पूँजी २ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*