अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालनमा

३२ असार २०७९, शनिबार १४:०४

काठमाडौं । अधिकाश बीमा कम्पनीहरुको कार्यालय आज पनि संचालन गरेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन (शनिबार) अधिकाश बीमा कम्पनीहरुले बीमितलाई सेवा प्रदान गरेको हो ।आर्थिक वर्षको अन्तिम दिन सार्वजनिक बिदा परेको खण्डमा पनि अधिकाश बीमा कम्पनीहरुले कार्यालय संचालन हुने सूचना जारी गर्दै बीमितहरुलाई सेवा प्रदान गरेको हो । आज बैंकका कार्यालयहरु पनि संचालनमा आएका छन् ।

असार मसान्तसम्म पनि बीमाशुल्क रकम बुझाउन, नविकरण गर्न र अन्य सुविधाहरु लिन नभएका बीमितहरुको सुविधालाई मध्यनजर गर्दै बीमा कम्पनीहरुले सेवा सुचारु गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*