शनिबार पनि कार्यालय खोल्ने महालक्ष्मी लाइफको घोषणा

३१ असार २०७९, शुक्रबार १४:०५

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरमा जाने सहमति गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३२ गते शनिबार पनि कार्यालय खोल्ने निर्णय गरेको छ ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै २०७९ साल असार ३२ गते वार्षिक साल तमामीको दिन भई बैंक तथा वित्तीय संस्था पनि संचालन हुने भएकोले सोही दिन महालक्ष्मी लाइफको केन्द्रीय कार्यालय सहितका सबै शाखा कार्यालयहरु संचालन हुने जनाएको हो ।

उक्त दिन जीवन बीमा सम्बन्धि सबै कार्यहरु हुने कम्पनीले जनाएको छ । महालक्ष्मी लाइफ र प्रभु लाइफबीच असार ३० गते मर्जरमा जाने सम्झौतापत्र (एमओयू)मा हस्ताक्षर भएको छ । दुवै कम्पनीबीच १ः१ स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन् । मर्जपछि ‘प्रभु महालक्ष्मी लाइफ’को नामबाट एकीकृत कारोबार सुरु हुने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*