मर्जरको तयारीमा रहेका १६ बीमा कम्पनीको शेयर कारोबार रोक्का, अन्तिम कारोबार मूल्य कस्को कति ?

३१ असार २०७९, शुक्रबार १२:३०

काठमाडौं । बीमा समितिले जीवन तथा निर्जीवन बीमा मर्जरमा जाने क्रम ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको थियो ।

त्यसयता, निर्जीवनमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जर प्रक्रिया सम्पन्न गरी साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका छन् बाँकिले मर्जरको पारम्भिक हस्ताक्षर र केही कम्पनीहरुल छलफलमा क्रममा छन् ।

मर्जरमा जाने भएसँगै दोस्रो बजार नेप्सेमा १६ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको छ । मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेसँगै नेप्सेले यी कम्पनीहरूको शेयर कारोबार रोक्का भएको हो । दोस्रो बजारमा सूचिकृत ३० कम्पनी मध्ये १६ वटाको कारोबार रोक्का हुँदा १ खर्ब २७ अर्बको रुपैयाँ बराबरको रकम बन्धक भएको छ ।

नेप्सेमा सूचीकृत भएका १६ कम्पनीको अन्तिम कारोबार अनुसार उक्त रकम बराबरको शेयर कारोबार रकम रोक्का रहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए।आजसम्ममा कारोबार रोक्का हुनेमा प्रभु लाइफ, सानिमा लाइफ इन्स्योरेन्स, रिलायन्स लाइफ इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स प्राइम लाइफ इन्स्योरेन्स छन् ।

त्यस्तै, गुँरास लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर कारोबार रोक्का गरिएको छ।

नियामक निकाय बीमा समितिले मर्जरबाटै पूँजी बढाउन निर्देशन दिएसँगै बीमा कम्पनीहरू धमाधम मर्जरमा जान थालेका छन् ।
बीमा समितिको निर्देशन अनुसार २०७९ चैत मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूले न्यूनतम रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरूले रू. २ अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुयाउनु पर्नेछ ।

पुँजि वृद्धि निर्णय१२ कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी साउन १ गतेदेखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

दुई कम्पनी एक भई हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । दुवै कम्पनीको असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जर प्रस्तावलाई स्वीकृति प्रदान गरिएको थियो । दुवै कम्पनीलाई नियामक निकाय बीमा समितिले भने असार ८ गते मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यी दुई कम्पनीबीच गत वैशाख २३ गते मर्जरमा जाने सम्झौता भएको थियो । मर्जर सम्झौता गरेको दुई महिनापछि यी कम्पनीहरूले एकीकृत कारोबार थाल्न लागेका हुन् । मर्जरपश्चात् कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड रहने जानकारी दिइएको छ । यी दुई कम्पनी १ः०.८५ अनुपातमा मर्जरमा गएका हुन् । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता (१ः०.८५) अनुपातमा मर्जरमा गएका हुन् ।

त्यस्तै, जीवन बीमातर्फ प्रभु लाइफ, सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ, गुराँस प्राइम र युनियन लाइफ रहेको छ । इन्स्योरेन्सले असार २९ गते मर्जरमा जाने सहमति गरेका छन् ।

मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएसँगै यी दुई कम्पनीको शेयर कारोबार गत बुधवारदेखि रोक्का भएको छ । त्यसैगरी प्राइम लाइफ इन्स्योरेन्स, गुँरास लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स वैशाख २९ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सोही कारण यी तीनओटै कम्पनीको शेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले असार १२ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। सोही कारण यी दुवै कम्पनीको शेयर कारोबार असार १३ गतेदेखि रोक्का छ । त्यसैगरी, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनीले असार २७ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीको शेयर कारोबार असार २८ गतेदेखि रोक्का छ।

सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले असार ३० गते गाभिने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरसँगै यी दुवै कम्पनीको शेयर कारोबार बिहीवारदेखि रोक्का छ । त्यसैगरी, सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनी असार २९ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यी दुवै कम्पनीको पनि शेयर कारोबार रोक्का भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*