प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का

३१ असार २०७९, शुक्रबार १०:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति भएसँगै नेप्सेले प्रभु लाइफ कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

प्रभु लाइफ र महालक्ष्मी लाइफको असार २९ गते बसेको संचालक समितिको बैठकको निर्णयअुनसार असार ३० गते साँझ ६ बजे दुवै कम्पनीबीच सहमतिपत्र (एमओयू)मा हस्ताक्षर भएसँगै नेप्सेले आजदेखि सो कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*