अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटललाई नियुक्त
३० असार २०७९, बिहीबार १७:४६
काठमाडौं । अजोड इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ। कम्पनीले शेयर रजिष्ट्रार कार्य गर्नेलाई कुमारी क्यापिटलसँग सम्झौता गरेको हो ।
अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन ।