राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थासहित २६ संस्थानले गरेनन् समयमा लेखापरिक्षण, संचालनको अवस्था नै आशंकापूर्ण

३० असार २०७९, बिहीबार १४:३३

काठमाडौं। गत आर्थिक वर्षमा दुई इन्स्योरेन्ससहित २६ संस्थानले लेखापरीक्षण गराएका छैनन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय बीमा संस्थाहरुले समयमा लेखापरिक्षण गराएका छैन । महालेखापरीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको महालेखा परीक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

पारित भएका वित्तिय विववरण हेर्न समेत बीमा समितिलाई हम्मे हम्मे परिरहेको समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल बताँउछन् ।समितिले पटक पटक समयमै वार्षिक साधारण सभा (एजिएम) किन नगरेको भन्दै पत्राचार गर्दा समेत अनेक बहाना बनाएर समयमै एजिएम नगर्ने यी दुई कम्पनीले कैयौ पटक समितिलाई अटेर समेत गर्दै आईरहेका छन् ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार ती संस्थानले आर्थिक वर्ष २०७७÷७८ सम्म लेखापरीक्षण नगराएका हुन् ।२६ संस्थानमध्ये इन्स्योरेन्सबाट राष्ट्रिय बीमा कम्पनीले पाँच वर्ष र राष्ट्रिय बीमा संस्थानले नौ आर्थिक वर्षदेखि लेखापरीक्षण गराएका छैनन् ।

आर्थिक बर्ष २०७८ को जेठ महिनासम्ममा १६ सार्वजनिक संस्थानले मात्र तोकिएको समयमा २०७७/०७८ सम्मको लेखापरीक्षण गराएका छन् ।हाल ६९ सार्वजनिक संस्थानमध्ये विभिन्न वर्ष विनिवेश भएका संस्था ३० तथा पछिल्लो समयमा स्थापना भै थप भएका समेत हाल अस्तित्वमा रहेका ४४ संस्थामध्ये ४२ संस्था सञ्चालनमा रहेका छन् ।

अन्य संस्थानहरु कानूनी रुपमा खारेजी प्रक्रिया सम्पन्न भएका छैनन् । रोजगारी तथा उत्पादनमा टेवा पुर्याउने १८ संस्थामध्ये हाल १२ संस्था सञ्चालनमा रहेको, ६ संस्था बन्द भएको तथा निजीकरण भई संचालनमा रहेकामध्ये ७ संस्थान मात्र नाफामा संचालन भएका लेखापरीक्षण भएनन् ।

लेखाको ५९औं प्रतिवेदनले अधिकांश सार्वजनिक संस्थानहरुले समयमा नै लेखापरिक्षण गर्ने काम नगरेको उल्लेख गरेको छ । हाल चालु अवस्थामा रहेका ४४ संस्थानमध्ये २६ वटाले आर्थिक वर्ष ०७७र०७८ को समयमा नै लेखापरिक्षण नगरेको देखिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनील लिमिटेडले पछिल्लो आव सहित ३ वर्षको, बिसाल बजार कम्पनी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ५ वर्षदेखि लेखा परिक्षण नगरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । लेखा परीक्षण समेत नभएपछि ती सार्वजनिक संस्थाको सञ्चालनको अवस्था नै आशंकापूर्ण रहन गएको छ । यसरी सार्वजनिक संस्थानको समयमा नै लेखापरीक्षण नगराउने सम्बन्धित पदाधिकारीलाई कारवाही गर्नुपर्ने महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*