शिखर इन्स्योरेन्ससँगको सहमति छोडेर लुम्बिनी जनरलसँग सगरमाथा इन्स्योरेन्सको वार्ता
काठमाडौं । अदालतको गरेर फैसला कार्यान्वयन नगरी अटेर गर्ने सगरमाथा इन्स्योरेन्स कम्पनीले शिखर इन्स्योरेन्ससँगको सहमति छोडेर लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग मर्जर गर्नेबारे छलफल गरेको छ ।
सहमति भएमा आजै दुई कम्पनीका बीचमा सहमति पत्रमा हस्ताक्षर हुनसक्ने जनाएको छ । यद्यपि अन्तिम छलफल चलिरहेको जनाइएको छ । नाम र स्वाप रेसियोबारे खासै समस्या नभएपछि दुई कम्पनीका बीचमा मर्जर गर्नेबारे छलफल जारी रहेकोले सहमति हुने सम्भावना रहेको छ । उता, सगरमाथाले शिखरसँग बार्गेनिङ गर्न आज विहान लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीसँग वार्ता गरेर सिभिल–हिमालयन बैंक मर्जर मोडल अपनाएको चर्चा पनि बीमा क्षेत्रमा चलेको छ ।
अन्य बीमा कम्पनीहरु मर्जरमार्फत ठूलो आकार लिन थालेपछि दवावमा रहेका ठूला कम्पनीहरुले धमाधम मर्जर प्रक्रिया अघि बढाउन थालेका छन् । भोलिसम्म मर्जरमा गएकाहरुले मात्रै कर छुट पाउने भन्ने बीमा समितिको पटक पटकको ताकेकापछि बीमा कम्पनीहरु क्लोजिङ छोडेर मर्जरमा सक्रिय भएका छन् ।
उता, महालेखा परिक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको विवरण अनुसार मर्जरमा जाँदा पनि कर छुट अहिले चर्चा गरिएजस्तो धेरै नहुने देखिएको छ ।