फेरि उठ्यो १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको मुद्दा, थप ३१ कम्पनीका एफपिओबापत सवा अर्ब असुल्न निर्देशन

३० असार २०७९, बिहीबार ०७:२३

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले शेयर प्रिमियमबाट मुनाफा वितरण गर्ने १३ बीमा कम्पनी र २४ बाणिज्य बैंकले कर छली गरेको भन्ने गत वर्षको महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन कार्यान्वयन नभएको भन्दै पुनः यस वर्ष पनि महालेखा ति निकायबाट तीर्न अर्ब ४८ करोड ९९ लाख रुपैयाँ उठाउन बाँकी रहेको व्यहोरा उल्लेख गरेकोछ ।

महालेखाले आफ्नो प्रतिवेदनमा १३ बीमा कम्पनी र २४ बैंकले शेयर प्रिमियबाट वितरण गरेको मुनाफाको कर नतिरी छली गर्ने कार्य आयकर ऐन २०५८ को दफा १३९ र १४२ विपरित भएको भन्दै असुल गर्नुपर्ने पुनः ठहर गरेको हो । यससँगै उक्त रकम असुली सम्बन्धी दायित्व अब आन्तरिक राजश्व कार्यालय, बीमा समिति र नेपाल राष्ट्र बैंकको काँधमा आइपुगेको छ ।

त्यसैगरी, यस वर्ष पनि ३१ वटा कम्पनीले फरदर पब्लिक अफरिङ र शेयर लिलामबाट प्राप्त आयको कर नतिरिएको निष्कर्ष महालेखाले निकालेको छ । महालेखाले ति कम्पनीहरुबाट तीन अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभ लिएको भन्दै सोको ३० प्रतिशतका दरले एक अर्ब १३ करोड रुपैयाँ कर असुल्न निर्देशन दिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*