महालेखाले देख्यो बीमा समितिमा कार्यदक्षता अभिबृद्धिको खाँचो, निर्देशिका र मार्गदर्शनको कार्यान्वयन प्रभावकारी बनाउन निर्देशन

२९ असार २०७९, बुधबार २१:३१

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले बीमा समितिको नियमन क्षमतामाथि प्रश्न चिन्ह उठाएको छ । महालेखा परिक्षकको कार्यालयले कार्यमूलक लेखा परिक्षणको क्रममा बीमा समितिमा कार्यरत कर्मचारीहरुको कार्य क्षमता र दक्षता प्रभावकारी नपाएपछि बृद्धि गर्नुपर्ने खाँचो औल्याएको छ ।

महालेखा परिक्षकको कार्यालयका एक अधिकारीका अनुसार बीमा समितिको अहिलेको संरचना र कर्मचारीतन्त्रबाट बीमा क्षेत्रको नियमन चुनौतिपूर्ण बनेकोले बीमा ऐनमा आवश्यक संशोधन तथा कार्यक्षमता बृद्धि अपरिहार्य रहेको निष्कर्ष प्रतिवेदनमा समेटिएको बताए ।

बीमा समितिमा बीमाको सिद्धान्त, मूल्य मान्यता र बीमा कानुन तथा बीमा ऐनको प्रभावकारी कार्यान्वयनबारे सोच्ने, योजना तर्जुमा गर्ने र दीर्घकालिन प्रभाव मूल्याङ्कको आधारमा कार्ययोजना बनाउने दक्ष जनशक्तिको अभाव खड्किएको छ ।

 

 

बीमा समितिले २०६० सालमा बीमा ऐन २०४९ मा संशोधन गरेपछि ४४ वटा मार्गदर्शन तथा निर्देशिकामार्फत काम चलाइरहेको भन्दै ति मार्गदर्शन तथा निर्देशिकाहरुको प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्नुपर्ने सुझाव अघि सारेको छ ।

महालेखा परिक्षकको कार्यालयले बीमा समितिबाट हुने अनुगमन तथा नियमनबारे गम्भिर प्रश्न उठाउँदै बीमक कम्पनीहरुले चरम अटेर गर्ने गरेको, बीमा ऐन अनुसार बुझाउनुपर्ने वित्तिय विवरण समेत नबुझाउने गरेको, वित्तिय विवरण बुझाउने नाममा ठाडो पानामा दर्ता मात्रै गरेर विवरण नै नबुझाउने गरेको टिप्पणी गर्दै बीमक कम्पनीहरु मनपरीतन्त्रमा चलेका तथा छाडा छोडेको टिप्पणी महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

 

 

बीमा समितिले बीमक कम्पनीहरुको वित्तिय विवरणहरु समेत सही तरिकाले नराखेको भन्दै दैनिक प्रशासनमाथि नै प्रश्न चिन्ह उठाएको हो । बीमा समितिले बीमक कम्पनीहरुबाट सूचना प्राप्त गरी समस्या पहिचान हुने गरी अभिलेख समेत नराखेको लगायतका विभिन्न आरोपहरु लगाउँदै नियमन र अनुगमन भद्रगोल रहेको टिप्पणी गरेको छ ।

बीमा ऐन २०४९ माथि विभिन्न समयमा बीमा समितिले मार्गदर्शन र निर्देशिकामार्फत सञ्चालन गरेको, निर्देशन तथा मार्गदर्शनहरु पटक पटक संशोधन हुने गरेको भन्दै यस्तो झारा टार्ने कार्यबाट भन्दा समय सापेक्ष नयाँ बीमा ऐन बनाएर बीमा क्षेत्रको नियमन गर्न सुझाव दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*