शिखर र सगरमाथा इन्स्योरेन्सबीच मर्जरबारे छलफल, छिट्टै सहमती हुँदै
काठमाडौं । निर्जीवन बीमा क्षेत्रको नै सर्वाधिक कारोबार गर्ने दुई बीमा कम्पनीबीच सहमती हुँदैछ । शिखर इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स पनि मर्जरमा बिषयमा एक सातादेखि छलफल अघि बढाएसँगै दुई कम्पनीबीच मर्जर सम्बन्धी सम्झौताका लागि समेत अन्तिम छलफल भईसकेको स्रोतले जनाएको छ । यी दुबै कम्पनी आफैमा कारोबारको हिसाबमा अग्रस्थानमा रहेका कम्पनीहरु हुन् ।
निरन्तर एक सातादेखि चलिरहेको छलफलले आज अन्तिम रुपमा पाउने भएको छ । आज पनि दुवै कम्पनीका सचालकहरु भईरहेको छ। शिखरको चुक्ता पुँजी दुई अर्ब २८ करोड ६० लाख छ भने सगरमाथाको एक अर्ब ३३ करोड ३६ लाख छ दुवैको जोडदा तीन अर्ब ६२ करोड हुन्छ ।
शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) सम्पत्ती र दायित्वको विस्तृत मुल्यांकन (डीडीए) पछि तया हुने गरी हालको लागि मर्जर सम्झौता गर्ने तयारी भइरहेको छ ।बीमा समितिले यहि वैशाखमा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्बबाट बढाएर साढे २ अर्ब र निर्जीवन बीमा कम्पनीका चुक्ता पूँजी दुई अर्बबाट बढाएर पाँच अर्ब पुयाउने निर्णय गरेको थियो । उक्त पूँजी वृद्धिको लागि २०७९ चैत मसान्तसम्म्को समय दिएको छ ।
बीमा समितिले यही असार २३ गते दोस्रो पटक मर्जरमा जान लिखित पत्रमार्फत दवाव दिएको भन्दै बीमा कम्पनीका सञ्चालकहरु तनाव छन् ।समितिको उक्त निर्देशनले पूँजीवृद्धिमा दवाब परेका बीमा कम्पनीहरुले धमाधम मर्जर सम्झौता गर्ने क्रममा रहेका छन् ।
हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले यसअघि नै मर्जर सम्झौता गरेर बीमा समितिबाट स्वीकृति पनि पाइसकेका छन् । दुई कम्पनीबीच साउन १ गते एकिकृत कारोबार हुँदैछ ।