म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन

२९ असार २०७९, बुधबार १३:००

काठमाडौं । म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने भएका छन् । बीमा समितिले पुलको व्यवस्था हटाएसँगै अब सम्पूर्ण बीमा कम्पनीमार्फत गर्न मिल्ने भएको हो ।
बीमा समितिले आज सबै बीमा कम्पनीमा यसै बिषयमा पत्र समेत पठाउने भएको छ। बीमा समितिको व्यवस्था अनुसार अब बीमा कम्पनीरुले म्यादी बीमा अनलाईनबाट गराउनुपर्ने हुन्छ ।

समितिले सबै बीमा वैदेशिक रोजगार म्यादी बीमा साउन १ गतेदेखि पुल प्रणालीमार्फत् नगराउन निर्देशन दिएको हो ।बैदेशिक रोजगार (म्यादी जीवन बीमा) मा पुल प्रणाली हटाउने बीमक संघको प्रस्ताव बीमा समितिले पारित गरेको छ ।

समितिले म्यादी बीमा सम्बन्धमा सुझाव पेश गर्न आग्रह गरेपछि संघले पुल प्रणाली हटाएर समान रुपमा म्यादी बीमाको व्यवसाय दिनु पर्ने सुझाव पेश गरेको थियो ।
तर यसअघि समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै पुल प्रणालीलाई नै निरन्तरता दिएको थियो ।

उक्त व्यवस्थामा बारम्बार जीवन बीमक संघसँग छलफल प्रस्ताव भएपछि बीमा समितिले अनलाईनबाटै जारी गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*