६ जीवन बीमा कम्पनीलाई बीमा समितिले पठायो सचेत पत्र, यस्तो छ कारण

२८ असार २०७९, मंगलवार ११:२४

काठमाडौं । ६ जीवन बीमा कम्पनीलाई बीमा समितिले सम्पत्ति शुद्धिकरणको आशंकामा सपष्टिकरण सहितको पत्र पठाएको छ। समितिले बीमा कम्पनीहरुलाई सात दिने सचेत पत्र पठाएको छ । समितिले पत्र पठाएको सात दिनभित्र उत्तर दिन समितिले ६ बीमा कम्पनीहरुलाई आग्रह गरेको छ।

एकल बीमाशुल्क भुक्तानी गरी धेरै बीमालेख बिक्रि गरेका ६ जीवन बीमा कम्पनीमा सम्पत्ति शुद्धिकरणको आशंकामा छानबिन गरिएको छ। यद्यपि कुनै प्रमाण भने फेला परेकाे छैन ।

शुद्धिकरणमा सघाएको आशंकामा राष्ट्र बैंकको वित्तीय जानकारी इकाईको निर्देशनमा बीचमा समितिले छानबिन गर्ने भएको हो । एलआइसी नेपाल, नेपाल लाईफ, सूर्या लाईफ, रिलायन्स लाईफ र आइएमई लाईफसहितका कम्पनीले क्री गरेका एकल बीमाशुल्क भुक्तानी गर्ने गरी जारी गरिएको जीवन बीमालेख सम्बन्धमा छानबिन गरिएको हो।

एकल बीमाशुल्क भुक्तानी गरेर लामो समयका लागि बीमालेख जारी गरिएपनि तीस दिन पछि, एक वर्ष पछि, तीन वर्ष पछि कर्जा लिएको वा समर्पण गरेर पैसा झिकेको घटना दोहोरिन थालेपछि उक्त आंशकामा छानविन गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*