रिलायन्स लाइफका अध्यक्ष ताराचन्द केडियासहित चार संचालकको कार्यकाल थप

२७ असार २०७९, सोमबार १२:३३

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका अध्यक्ष ताराचन्द केडियासहित ४ जना संचालकहरुको कार्यकाल थप गरिएको छ । कम्पनीले नेप्सेमार्फत् जानकारी गराउँदै संस्थापक समूहतर्फको संचालक समितिका सदस्यहरुको कार्यवधि थप गरेको जनाएको हो ।

रिलायन्स लाइफको २०७५ असार ३१ गते सम्पन्न कम्पनीको प्रथम वार्षिक साधारण सभाबाट निर्वाचित भई विद्यमान रहेका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालकहरु ताराचन्द केडिया, भरतकुमार तोदी, जगदीश कुमार अग्रवाल र अमित कुमार बेगानीको कार्यवधि थप गरिएको हो ।

कम्पनीका अध्यक्ष सहित यी ४ संचालकको कार्यवधि यहि असार ३० गते समाप्त हुने भएकाले कम्पनीको आगामी साधारणसभाले निर्वाचित भइ आउने संस्थापक तर्फका संचालक सदस्यहरुलाई कार्यभार हस्तान्तरण नगरुन्जेल सम्मका लागि सो संचालकहरुको कार्यकाल थप गरिने कम्पनीको असार २३ गते बसेको संचालक समितिको बैठकले निर्णय निकालेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*