राधेराधेमा यातायात कार्यालय सारिदै, आर्थिक चलेखल भएको लेखापढीको आरोप

२६ असार २०७९, आईतवार १९:१२

भक्तपुर । विगत पाँच वर्षसम्म जगातीमा सञ्चालनमा रहेर सवारी चालक अनुमति पत्र लाइसेन्स बितरण कार्य गर्दै आएको ‘यातायात व्यबस्था कार्यालय’ थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भए पछि बिरोध भएको छ ।

यातायात व्यबस्था कार्यालय जगातीको प्राङ्नमा आज स्थानीय व्यबसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै आर्थिक चलखेलका कारण नयाँ कार्यालय प्रमुख आउने बित्तिकै कार्यालय सार्ने भएको बताएका छन् ।

सूर्यविनायक नगरपालिका–८ जगाती भक्तपुरमा २०७३ माघ २ गतेबाट सञ्चालनमा रहेको ‘यातायात व्यबस्था कार्यालय’ पाँच वर्षपछि राधे राधेस्थित माइक्रोबस पार्कमा रहेको भूकम्प अगाडि बनेको पुरानो घरमा सर्ने भएपछि यहाँका बासिन्दा एवं लेखापढी व्यवसायीले बिरोध गरेका हुन् ।

आज यातायात कार्यालयको प्राङ्नगणमा स्थानीय व्यबसायी एवं लेखापढी व्यवसायीले आर्थिक चलखेलमा यातायात कार्यालय सार्न लागेको भन्दै बिरोध गरेका हुन् । पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक लक्ष्मी कार्कीले सरकारी मापदण्ड भित्रै रहेर पाँच वर्ष कार्यालय सञ्चालनमा रहेको अरनिको राजमार्गसँगैको घर छाडेर कार्यालयमा नयाँ प्रमुख नेत्र भट्टराई आए लगत्तै ठूलो रकमको चलखेल गर्दै कार्यालय सार्न लागेको आरोप लगाए ।

कार्यालय सार्न खोजेको घर भूकम्प अगाडि बनेको, साँघुरो घर, मापदण्ड भन्दा साना कोठा एवं भ¥र्याङ रहेको, पर्याप्त पार्किङ तथा खुल्ला ठाउँ नभएको र सेवाग्राहीका लागि उपयुक्त नहुने साँघुरो ठाउँमा कार्यालय लान लागेको भन्दै उहाँले स्थानीय व्यवसायी एवं लेखापढी व्यबसायीसँग समेत कार्यालय प्रमुखले मासिक रकम माग गरेको आरोप छ ।

मध्यपुरथिमिको राधे राधे (वाग्मति आयल स्टोर) पछाडि नै एक रोपनी जग्गामा ट्रलिबस कार्यालयको एक तले भवन र जग्गा हुँदा हुदै त्यो जग्गामा समेत कार्यालय नसारी बिधि र प्रक्रिया समेत पुरा नगरी कार्यालय लगिएको लेखापढी व्यवसायीको आरोप छ । पत्रकार सम्मेलनमा व्यवासायी शिवनारायण ग्वाछाले सरकारको लाखौको लगानी, यहाँ १०० भन्दा बढी व्यवसायीले सञ्चालन गरेको करोडौको लगानीको व्यवसाय समेत नोक्सानमा परेको भन्दै उनले सेवाग्राहीलाई मर्कामा पर्ने गरि कार्यालय नै सार्नुले पनि आर्थिक चलखेल भएको पुष्टी हुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*