विवाहमा आइएमई लाइफको ३० लाखको बीमा पोलिसि उपहार

२६ असार २०७९, आईतवार १८:२२

काठमाण्डौं । नवविवाहित बरबधुुलाई आइएमई लाइफको ३० लाख बराबरको बीमा पोलिसि उपहार दिएका छन् । झापाका जिल्लाका बेहुला हर्क बहादुर सिवाले १५ लाख र बेहुली भुुमिका दर्जिले १५ लाख बराबरको आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसि उपहार पाएका हुुन् । सो उपहार अइएमई लाइफ इन्स्योरेन्स विर्तामोडका शाखा प्रमुुख गोपाल प्रसाद तिम्सिना सहितको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

सो शाखाका कर्मचारी सुमन खनाल ,दिनेश आचार्य ,बिकाश भट्टराई , कबिता भट्टराई , राजेन्द्र काफ्ले समेतको उपस्थितिमा बिवाह समारोहमा नव दम्पतिलाईलाइ बैवाहिक जिवनको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*