ईसेवाबाट सातजना बीमितले पाए पुरस्कार

२६ असार २०७९, आईतवार १७:२३

काठमाडौं । नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाबाट अनलाईनमा बीमाशुल्क भुक्तानी गर्ने बीमा कम्पनीका बीमितहरुलाई एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । कम्पनीको १ जुलाईदेखि ७ जुलाईसम्म ईसेवामार्फत भुक्तानी गरेका बीमितहरुलाई गोलाप्रथाबाट छनोट गरि सात बीमा कम्पनीका बीमितलाई १ हजार रुपैयाँ नगद प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत जुलाई १ मा एशियन लाइफका बिर्ख बहादुर, जुलाई २ नेपाल लाइफका इन्द्र माया महर्जन, जुलाई ३ मा सूर्या लाइफका भिम राज खनाल, जुलाई ४ मा ज्योति लाइफका विनय श्रेष्ठ जुलाई ५ मा टिका दाहाल, जुलाई ५ मा प्रतिक्षा क्षेष्ठ र जुलाई ६ मा ओमकार ढुंगोलले दैनिक एक हजार रुपैयाँ पाएका हुन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*