ज्योति लाइफद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत छुटको लागि म्याद थप

२६ असार २०७९, आईतवार १२:३६

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुटको लागि म्याद थप गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै व्यतित बीमालेखको नविकरणमा बीमितलाई ब्याज रकममा शत प्रतिशत छुटको अवधि थप गरेको जनाएको हो ।

कम्पनीले यसअघि असार १ गतेदेखि असार २५ गतेसम्म व्यतित बीमालेखमा नविकरण गराएमा शतप्रतिशत छुट प्रदान गर्ने बताएकोमा सो अवधिलाई लम्बाएर कम्पनीले अब असार ३२ गतेसम्म छुट प्रदान गर्ने जनाएको हो ।

गत जेठ महिनादेखि बीमालेख नविकरणमा अभियान संचालन गरेको यस कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्न दुई वर्ष ननाघेका सम्पूर्ण बीमितलाई बीमालेखको नविकरण गर्दा लाग्ने ब्याजमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*