रोटरी क्लव अफ गोंगवुले गर्यो वृक्षारोपण

२६ असार २०७९, आईतवार १०:५६

काठमाडौं  । रोटरी क्लव अफ गोंगवुले शनिबार ९आज० वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लवले तारकेश्वर नगरपालिका ६ बस्नेतटारका राधाकृष्ण मन्दिरको खर्कापाखोमा वृक्षारोपण गरेको हो ।

वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका नगर उप प्रमुख सिर्जना बुर्लाकोटीले वृक्षारोपण कार्यको प्रशंसा गर्दै यसको संरक्षणमा स्थानीयको सक्रियता रहनुपर्नेमा जोड दिइन् ।

‘हरियो वन नेपालको धन’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै ५० वटा विभिन्न जातका विरुवा रोपेको क्लवका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रममा क्लवका पदाधिकारी, सदस्य तथा स्थानीय यूवाहरुको सहभागिता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*