हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद!

२५ असार २०७९, शनिबार १८:३२

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जाने अन्तिम तयारी गरिरहको हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको डिडिए शंकास्पद भएको कम्पनी सम्बद्ध एक सञ्चालकले जनाएका छन् ।

कम्पनीको डिडिए १३ दिनमै सकिएको तथा हिसाब किताब राम्रोसँग नहेरी कर्मकाण्डी गरिएकोले शेयर लगानीकर्ताहरुलाई विश्वास नलागेको ति सञ्चालकले बताए । ति सञ्चालकले प्रश्न गर्दै भने ‘१५ दिन पनि नलगाई सकिएको कस्तो डिडिए रिपोर्ट हो ? यसको छानविन जरुरी छ । ’

एभरेष्ट इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान विशेष साधारणसभाबाट पारित गरिसकेको छ । आगामी साउन १ गतेबाट एकीकृत कारोबार सुरु गर्ने तयारीमा रहेको अवस्थामा उक्त कम्पनीको डिडिए नै शंकास्पद रहेको तथ्य सञ्चालकले नै गरेको विषयमा बीमा समितिले डिडिए रिपोर्टको सुक्ष्म अध्ययन गर्नुपर्ने माग लगानीकर्ताले गरेका छन् ।

उता, डिडिए १५ समेत नलगाई गरिएको सम्बन्धमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले भने केही बताएको छैन । कम्पनीको डिडिए जेबी राजभण्डारी एण्ड डिबिन्सले अपत्यारिलो तरिकाले गरेको चर्चा बीमा क्षेत्रमा केही समयदेखि चल्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*